०२ माघ २०८१, बुधबार

कदमाह- गाईघाट सडक खण्डको चुरेमा भएको सवारी दुर्घटनाको प्रमुख कारण सडक क्षेउको ढुङ्गा

कान्छो खवर । मंगलबार, भाद्र ०४, २०८१

गाईघाट ४ भदौ ।

गाईघाट- कदमाहा सडक खण्डको चुरे जंगलमा भदौ २ गते विङगर गाडी दुर्घटना हुँदा एक शिक्षिकाको मृत्यु भयो । गाईघाट देखि लहान तर्फ जादै गरेको उक्त गाडी ओरालोमा ढुङ्गालाई ठक्कर दिएर सडक देखि तल खोल्सोमा झरेको थियोे ।

दुर्घटनामा शिक्षिका गीता कार्कीको घटनास्थल मै मृत्यु भयो भने अन्य १९ जना घाइते भएका थिए । आफनै सुरमा गुडिरहेको गाडी ओरालोमा सडक छेउमा रहेको ठुलो ढुङ्गामा एक्कासि ठोक्किएर अर्को तर्फ बाट आउदै गरेको कारलाई समेत हल्का ठक्कर दिदै दुर्घटना भएको थियोे ।

चुरे मन्दिर देखि दुई घुम्ती ओरालो आउने बितिकै सडकलाई अवरोध गर्ने हिसाबले ढुङ्गा खसेर बसेको झन्डै २ महिना भैसक्दा समेत सरोकारवाला निकायले हटाउने प्रयास गरेको छैन । २ दिन अघि भएको उक्त सडक दुर्घटनाको प्रमुख कारण पनि सडक छेउको ढुङ्गालाई मानिएको छ ।

आफनै गतिमा आइरहेको कुनै पनि सवारी साधनलाई दुई घुम्ती पार गरे पछी ओरालोमा एकासी ढुङ्गा अगाडि देखे पछि संतुलन गुम्ने गरेको स्वयम चालकहरुले बताउने गरेका छ्न ।अस्तिको दुर्घटना पनि चालकले एक्कासि ढुङ्गाको सामना गर्नु पर्दा भएको हिमाली बसका चालक रुस्तम चौधरीले बताए ।

हामी त झुक्किने गरेका छौ , घुम्ती पछीको ओरालो अनि नजिकै सडकमा बडेमानको ढुङ्गा ।उनले भने ।आफनै सुरुमा गाडी चलाएर आइरह्दा एक्कासि ढुङ्गाको सामना गर्नु पर्दा सवारी साधन नियन्त्रण गर्न कठिन हुने गरेको उनले बताए ।

चालकले नियन्त्रण गुमाउदा ढुङ्गामा एकासी ठोकिएर २ दिन अघि गाडी दुर्घटना भएर मानवीय क्षेति भएको उनले बताए । सडक क्षेउको उक्त ढुङ्गाकै कारण दुर्घटना भएको उनले बताए । अब उक्त ढुङ्गा तत्काल नहटाउने हो भने अरु पनि दुर्घटना नहुन नसक्ने भन्न नसकिने उनले बताए ।

उनले उक्त ढुङ्गा तत्काल हटाउन लहान सडक डिभिजन कार्यालयलाई खबरदारी गर्नुपर्ने बताए । लहान सडकका डिभिजन प्रमुख आशुतोष कर्णले सडकको ढुङ्गा हटाउने काम भैरहेको बताए ।भोलि सम्ममा ढुङ्गा हटाउने उनले बताए ।

असारमा परेको अविरल बर्षाको कारण डाडा देखि ढुङ्गा खसेको थियोे ।उक्त ढुङ्गाले सवारी आबगमनमा समेत अवरोध गर्दै आएको थियोे ।लामो देखि सडकमा रहेकोे ढुङ्गा हटाउने तर्फ कसैको ध्यान गएको छैन ।

यहाँ कमेन्ट गर्नुहोस्