११ पुष २०८१, बिहिबार

खुम्बु क्षेत्रमा हिमपहिरो गएको आशङ्का

कान्छो खवर । शुक्रबार, साउन ३२, २०८१

गाईघाट ३२ साउन ।

खुम्बु क्षेत्रमा हिमताल फुटेको आशङ्का गरिएको छ ।सोलुखुम्बुको थामे गाउमा शुक्रबार दिउसो लेदो सहितको भीषण बाढी आएकोले हिमताल फुटेको हुन सक्ने अनुमान स्थानिय प्रशासनले गरेको छ ।तर सोको पुष्ठि हुन सकेको छैन । बाढीले अहिले सम्म ५ वटा घर र एउटा पसल बगाएको र केहि मानिसहरुको प्रहरीले उद्घार गरेको छ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देबी पाण्डेले लेदो सहितको बाढी गाउँमा आएको बताइन् ।उनले बाढीले केहि घर र पसल बगाएको तर कुनै मानवीय क्षति भने नभएको बताइन् ।।स्थानिय बाट जानकारी आएपछि अहिले प्रहरी टोलि थामे गाउँमा पुगेर उद्घारमा जुटिरहेको उनले बताइन् ।
पासाङ्ल्यामु गाउपालिका ५ थामेमा दिउसो १ बजे तिर लेदो सहितको बाढी गाउ पसेको थियोे । बाढी गाउ पसे पछि स्थानिय बासिन्दा घर छोडेर भागेको सोलु बाट केसब थापाले बताए ।
प्रहरीबाट जानकारी आएपछि मात्र के भएको रहेछ भन्ने हुने उनले बताइन् ।

यहाँ कमेन्ट गर्नुहोस्