०१ माघ २०८१, मंगलबार

सोलुखुम्बुमा करेन्ट लागेर एकको मृत्यु अन्य तीन जना घाइते

कान्छो खवर । आइतबार, साउन २७, २०८१

गाईघाट २७ साउन ।

सोलुखुम्बुमा बिजुलीको करेन्ट लागेर १ जना बिधुत प्राबिधिकको मृत्यु भएको छ ।करेन्ट लागेर अन्य ३ जना घाइते भएका छ्न ।

सनिवार दिउँसो बिधुतको काम गर्ने क्रममा थुलुङ दुधकोशी गाउपालिका ९ लोखिमका ४३ बर्षिय बिष्नु राईको मृत्यु भएको हो । चल्लेरी च्याल्सा बिधुत कम्पनीमा कार्यरत बरिस्ठ प्राबिधिक राईको फाप्लु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

सनिवार बिहान देखि नै हाईटेन्सन लाइन आसपासका रुखको हागा काटछाट गर्दै बिजुलीको काम गर्ने क्रममा एक्कासि बिधुतको पोलमा करेन्ट प्रभाह हुदा उक्त घटना भएको थियोे । राई पोलमा चढेर काम गरिरहेका थिए भने अन्यले उनलाई सहयोग गरिरहेका थिए ।

करेन्ट लागेर घाइते भएका प्राबिधिक सहयोगी बर्ष ३० का बुद्धि राजभण्डारीले , ज्यालादारी कर्मचारी बर्ष ३४ का टासि शेर्पा र बर्ष ५१ का कुमार बस्नेतको जिल्ला अस्पताल उपचार भैरहेकोमा थप उपचारको लागि काठमाडौ लाने तयारी भैरहेको छ ।

निजी क्षेत्रबाट बिधुत उत्पादन गर्दै आइरहेको च्याल्सा बिधुत कम्पनी सल्लेरीले झण्डै ३हजार ४ सय घरधुरीलाई बिधुत सेवा उपलब्ध गराउदै आएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्