११ पुष २०८१, बिहिबार

बालिका बलात्कारमुद्दामा दोषी ठहर एक युवा कारागार चलान

कान्छो खवर । सोमबार, साउन ०७, २०८१

गाईघाट ७ साउन ।

६ बर्षिया बालिका बलात्कार मुद्दामा अदालतबाट दोषी ठहर एक युवा फैसला कार्यान्वयनकोलागि कारागार चलान भएका छ्न ।

सुनसरीको धरानबाट साउन ४ गते पक्राउ परेका दिक्त्तेल रुपाकोट मझुवागढि नगरपालिका ११ खार्मीका ३२ बर्षिय नबीन राईलाई आइतबार खोटाङ कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

सर्बोच्च अदालतले २०८० भदौ २५ गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै राईलाई ९ बर्ष ४ महिना कैद गर्ने फैसला गरेको थियोे । आइतबार उनलाई जिल्ला अदालत खोटाङमा पेश गरी फैसला कार्यान्वयनकोलागि कारागार चलान गरिएको हो ।

राईले खोटाङमा बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्