१९ पुष २०८१, शुक्रबार

जिल्ला अस्पतालका चिकित्सकहरुको प्रयासले बिरामीको घाटिमा अड्किएको मासु निकालियो

कान्छो खवर । बुधबार, साउन ०२, २०८१

सेवाको घाटीबाट निकालिएको मासुको डल्लो

गाईघाट २ साउन ।

घाटिमा मासु अड्किएर जिल्ला अस्पतालमा ल्याइएको एक बिरामीको सफल उपचार भएको छ । राति ८.३० बजे एकदमै गम्भीर अबस्थामा उपचारको लागि ल्याइएको त्रियुगा नगरपालिका १० बोक्सेका ३८ बर्षिय कपुर सेवाको चिकित्सकहरुले ज्यान बचाउन सफल भएकाछ्न ।

उपचारमा सङलग्न चिकित्सक डा. निर्मला चौधरीले गम्भीर अबस्थामा रहेको बिरामीको तत्काल उपचार गरेर बचाउन सफल भएको बताइन् ।अस्पतालमा बिरामी आइपुग्दा बिरामीको अक्सिजन लेबल निकै कम २० प्रतिशत भन्दा कम थियोे ,तत्काल लै घाटि बाट मासु निकालि हाल्नु पर्न अबस्थामा थियो ।उनले भनिन् ।

बिरामीको हावा जाने पाइप समेत ब्लक भैसकेको अबस्थामा तत्काल सिनियर चिकित्सकको टिम तयार गरेर एम्बु मार्फत अर्थात् बाहिर बाट पाइपको माध्यम बाट भित्र अक्सिजन पठाएर बिरामीको घाटि बाट मासुको डल्ला निकाल्न सफल भएको चौधरीले बताइन् ।

उनले केहि समय मात्र ढिला भएको भए बिरामीलाई बचाउन कठिन रहेको बताइन् । अक्सिजन लेबलमा कमि ,अड्किएको मासुको डल्ला एकै सर्टमा निकाल्नु पर्ने अबस्था निकै कठिन काम थियोे ।तर पनि हामी सबै जुटेर असम्भवलाई सम्भब बनाउन सफल भएको उनले बताइन् ।

जिल्लामा कठिन अबस्थामा बिरामीको घाटिबाट मासुको डल्ला निकालिएको योनै पहिलो हो ।बिरामीलाई थप उपचारको लागि राति नै बिराटनगरस्थित नोबेल अस्पतालमा पठाइएको उनले बताइन् ।अहिले बिरामीको अबस्था सामान्य रहेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ।

ससुरालीमा भोज खाने क्रममा सेवाको घाटिमा मासु अड्किएको पारिबारीक स्रोतले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्