११ पुष २०८१, बिहिबार

बाढी पहिरोले गाईघाट – दिक्त्तेल सडक आयोजनामा ठुलो क्षति , दुइ दिन देखि यातायात सेवा अबरुद्ध

कान्छो खवर । बुधबार, आषाढ २७, २०८१

रानीबास - तोरीबारी खण्डमा गएको पहिरो

गाईघाट २६ असार ।

बाढी पहिरोले गाईघाट दिक्त्तेल सडकमार्गको विभिन्न ठाउँमा क्षति पुर्याउदा दुई दिन देखि यातायात अबरुद्ध भएको छ। मंगलबारको भीषण बर्षाले उक्त सडक खण्डको रानीबास- तोरीबारीमा माथि देखि खसेको पहिरोले बाटो पुरै बगाउँदा यातायात अबरुद्ध भएको गाईघाट- दिक्त्तेल सडक आयोजनाका इन्जिनियर नारायण थापाले बताए ।

भीषण बर्षाले अहिलेसम्मकै ठुलो पहिरो गएको छ, उनलेे भने ।बनेको बाटो पहिरोले पुरै बगाएकोले पहिरो पन्छाउन केहि समय लाग्ने उनले बताए ।रानीबास संगै राजमार्गको अन्य ६/७ ठाउँमा पहिरो गएको उनले बताए ।

त्रियुगा नगरपालिका १२ स्थित सेल्फि डाडामा नया बनाएको बाटो समेत बगाएकोले क्षति बढी हुन सक्ने उनलेे बताए ।पहिरो पन्छाएर बाटो खुलाउन अहिले कठिन भएको थापाले बताए ।

आयोजना कार्यालय सङ रहेको जेसिबि समेत फोक्सिङटारमा थुनिएकोले यता ल्याएर काम गर्न समस्या भएकोले पहिरो हटाउने काममा ढिलाइ हुन सक्ने उनले बताए ।

आयोजना प्रमुख सन्जय मिश्रले पहिरो हटाउने प्रयास भैरहेको बताए ।पहिरो हटाउन एक मात्रा जेसिबि पहिरोको कारण ल्याउन नसकिएकोले काम सुचारू गर्न नसकिएको उनले बताए ।

धेरै ठाउँमा पहिरो गएको भए पनि धेरै क्षति रानीबास सडक खण्डमा भएको उनले बताए ।पुरै बाटो पहिरोको कारण बगेको छ।अब अर्को नंया ट्राक खुलेर बाटो बनाउनु पर्ने स्थिती सृजना भएको योजना प्रमुख मिश्र बताए ।उनले बाढी पहिरोले निकै ठुलो क्षति गरेको भए पनि क्षतिको पुर्ण विवरण आइनसकेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्