१२ पुष २०८१, शुक्रबार

उदयपुरमा एकै दिन बाढी पहिरोले १ बालक र ४२ पशुचौपायाको मृत्यु , १४ लाख ५० हजार बराबरको क्षति

कान्छो खवर । बुधबार, आषाढ २७, २०८१

पहिरो गएको तोरीबारी

गाईघाट २६ असार ।
पहिरो प्रभावित खाबु तोरीबारीका १५ घर परिबारका ५२ जनालाई जनता माबि रानिबासमा राखिएको छ। त्रियुगा नगरपालिका १५ तोरीबारीमा मंगलबार माथि डाडा देखि पहिरो खस्न थाले पछी पुरै बस्ती जोखिममा परे संगै मानव बस्ती सुरक्षित बनाउनको लागि बस्ती सारिएको त्रियुगाका मेयर बसन्त बस्नेतले बताए ।

पहिरोले सोही ठाउका चेतन मगरको घर पुरिदा उनकी ८ बर्षिया छोरी रुपाकला मगरको मृत्यु भएको छ भने श्रीमती हिराकुमारी घाइते भएकी छिन् । निरन्तर पानी परिरहेकोले बस्तीको चारैतिरबाट पहिरो खस्ने क्रम बढी रहेकोेले मानबिय क्षति हुन नदिन अहिले बस्तीका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सारिएको वडाअध्यक्ष गणेश तिमिल्सिनाले बताए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले असार २५ गतेको बाढी पहिरो बाट एक जना बालकको मृत्यु भएको र एक महिला घाइते हुनुको साथै ४२ वटा पशु चौपायाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । बाढी पहिरोले १४ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्