०७ पुष २०८१, आइतबार

उदयपुरमा बाढी पहिरो बाट एक बालक सहित तीन जनाको मृत्यु

कान्छो खवर । मंगलबार, आषाढ २६, २०८१

गाईघाट २५ असार ।

उदयपुरमा बाढी पहिरोको कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ। केहि दिन देखिको बर्षा संगै नदिमा आएको बाढीले बगाएर २ जना र पहिरोले पुरिएर १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मुसलधारे बर्षा संगै मंगलबार बिहान त्रियुगा नगरपालिका १५ खाबुको तोरिबारीमा पहिरोले घर पुरीदा चेतन मगरकी ९ बर्षिया छोरी रुपकलाको घटना स्थलमै मृत्यु भएको हो । पहिरोले पुरीएर मगरको श्रीमती हिरा मगर गम्भीर घाइते भएकोमा उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

उदयपुरको रौतामाई गाउपालिका ५ आपटारमा अमृत खोलाले बगाएर एक बालकको मृत्यु भएको छ। सनिवार खोला तर्दै गर्दा बाढीले बगाएर ५ बर्षिय राज राई र सोही साझ बेलका नगरपालिका ३ भासीका ५५ बर्षिय इन्द्रबहादुर बुढाथोकीलाई गिदेरी खोलाले बगाएर मृत्यु भएको हो ।

बालकको शब बगाएको ठाउ देखि झन्डै १ सय मिटर तल र बुढाथोकीको शब तीन दिन पछी फेला परेको थियोे ।

यहाँ कमेन्ट गर्नुहोस्