कान्छो खवर । मंगलबार, आषाढ २६, २०८१
गाईघाट २५ असार ।
सोमबार रातिदेखि परेको भीषण बर्षाको कारण उदयपुरको जनजीवन प्रभावित बनेको छ । बर्षाको कारण नदि तटीय क्षेत्रका गाउबस्ती डुबानमा परेका छ्न भने गाईघाट – दिक्त्तेल सडक , कटारी – घुर्मी सडक लगायत जिल्लाको ग्रामीण सडक क्षेतिग्रस्त बनेको छ।
बर्षाले बाटो क्षतिग्रस्त बनाए पछी मंगलबार ग्रामीण सडकमा यातायात संचालन हुन सकेन। धेरै ग्रामीण सडकमा पहिरो खसेर बाटो नै बगाएको छ। डहर – रौता सडकको धेरै भागमा पहिरो गएर बाटो बगाएको वडा नम्बर १४ का वडाअध्यक्ष हेम मगरले बताए ।
जिल्ला सदरमुकाम गाईघाट पुर्ब भएर बग्ने बरुवा खोलामा आएको बाढीले बाध कटान गर्न थाले पछी स्थानिय बासिन्दाहरु त्रसित बनेका छ्न।बजारलाई सुरक्षित गर्न बनाइएको बाध खोलामा आएको भीषण बाढीले कटान गर्न थाले पछी नदि बजार तर्फ पस्न सक्ने खतरा बढे संगै स्थानिय त्रसित बनेका हुन् ।
अहिले कटान नियन्त्रण गर्न सेना , प्रहरी , स्थानिय बासिन्दाहरु त्रियुगा नगरपालिकाको सहयोगमा नदिमा अस्थायी तटबन्ध गर्ने काममा खटीरहेका छ्न ।
बर्षाकै कारण त्रियुगा , बरुवा , गिदेरी,र द्वार खोलाको तटीय क्षेत्र आसपासको गाउबस्ती डुबानमा परेका छ्न।निरन्तर रूपमा भैरहेको भारी बर्षाको कारण नदिमा आएको बाढी बस्ती पस्दा तपेस्वरी, भागलपुर , बेलका , सुन्दरपुर , जोगिदह , रामपुर , चौदन्ढिगदि र त्रियुगाको अधिकाक्ष भुभाग डुबानमा परेको प्रहरीले जनाएको छ।