११ पुष २०८१, बिहिबार

सल्लेमाबिका शिक्षक यादवको मृत्यु , गालामा एक झापड हान्ने लेखापाल पक्राउ

कान्छो खवर । आइतबार, आषाढ २४, २०८१

गाईघाट २३ असार ।

गालामा एक थप्पड हानेको १२ दिन पश्क्षात शिक्षकको मृत्यु भए पछी रौतामाई गाउपालिका ४ स्थितमाबि सल्लेका लेखापाल प्रहरी हिरासतमा पुगेका छ्न ।

सामान्य विवादमा लेखापाल नरेन्द्र राईले असार १२ गते शिक्षक शीब नारायण यादवलाई कार्यकक्षमा एक झापड हानेका थिए ।उनको गालामा सामान्य डाम मात्र बसेको थियोे ।उक्त घटना पछी सबै शिक्षक र बिद्यालयको तर्फ बाट शिक्षक यादवलाई उपचार गराएर आउन बिदा दिएर घर पठाएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नारायण राईले बताए ।
यादवको धरान स्थित बिपि कोईराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा सनिवार दिउसो मृत्यु भए पछी लेखापाल राईलाई प्रहरीले घर बाटै पक्राउ गरेको छ।

शिक्षक यादवले उपचार गर्न जान्छु भने पछी बिदा दिएर उनलाई घर पठाएको अध्यक्ष राईले बताए ।गालामा अलिकति डाम थियोे , उनले भने पछी उपचार गर्न पठाएका थियौ ।राईले भने ।

शिक्षक यादवले केहि महिना अघि मुटुको अपरेसन गर्नु भएको रहेछ ।उनि प्रेसरको पनि बिरामी रहेछन् ।अध्यक्ष राईले भने ।एक झापड हान्दैमा उनको मृत्यु हुन नसक्ने उनलेे बताए ।तर अहिले लेखापाल सोही कारण परिबन्दमा परेका छ्न ।उनलेे भने ।

शिक्षक यादवको मृत्युको कारण खोजिने भए पनि उनको मृत्युले बिद्यालय परिबार दुखित भएको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्