कान्छो खवर । मंगलबार, आषाढ १९, २०८१
गाईघाट १८ असार ।
त्रियुगा नगरपालिकाले नगर भित्रका सामुदायिक बिद्यालयमा काम गर्ने शिक्षकहरुलाई अन्य शैक्षिक सस्थाहरुमा अध्यापन गर्न रोक लगाएको छ।
नगरप्रमुख बसन्तकुमार बस्नेतले सोमबार नगरका सबै सामुदायिक बिधालयमा परिपत्र गरेर आफु कार्यरत भन्दा बाहिर गएर कुनै शैक्षिक सस्थानहरुमा गएर काम नगर्न नपाउने उल्लेख गर्दै निर्णय सबैलाई पालना गर्न अनुरोध गरिएको छ।
उक्त निर्णय शिक्षा ऐन २०२८ को दफा १६ च को उपदफा ९१० र शिक्षा , बिज्ञान तथा प्रबिधि मन्त्रालयको निर्देशन अनुसार परिपत्र गरिएको मेयर बस्नेतले बताए ।
उक्त परिपत्रमा निर्णय उलंघन गरेको पाईएमा संबंधित शैक्षिक सस्था र शिक्षकहरु माथि कडा कार्बाहि गरिने उल्लेख गरिएको छ।नगरपालिकाले मातहतका सबै शैक्षिक सस्थानहरुलाई निर्णय तत्काल लागू गर्न सामुदायिक बिधालयमा कार्यरत शिक्षकहरु अन्यत्र काम गरीरहेका छ्न भने उनिहरुलाई तत्काल हटाउन निर्देशन गरिएको छ ।
मेयर बस्नेतले शैक्षिक गुणस्तर वृद्धिको लागि मात्र नभएर शिक्षा प्रणाली सुधारको लागि यो निर्णयले महत्त्व राख्ने अपेक्षा गरीएको बताए ।
नगरमा अहिले सामुदायिक बिधालयमा स्थायिरुपमा कार्यरत धेरै शिक्षकहरु पार्टटाइमा निजी बोर्डिङ र निजी कलेजमा पठाउदै आएका छ्न ।