कान्छो खवर । शुक्रबार, आषाढ १५, २०८१
गाईघाट १४ असार ।
डम्पिङ साइडको अभावमा नगरक्षेत्रको फोहोरमैलाको अस्थायी रूपमा ब्यबस्थापन गरीदै आएको बिसनपुरको खोला किनारमा घेराबेरा लगाउन सुरु गरिएको छ।
अबस्थित रूपमा फोहोर थुपारीदा बस्तीमा दुरगन्ध फैलिएर रोगब्याधी फैलन सक्ने भन्दै स्थानिय बासिन्दाहरुले केहि दिन अगाडि बिरोध जनाउँदै उक्त क्षेत्रमा फोहोर फ्याक्न अवरोध गरे पछी नगरपालिकाले तत्काल सो क्षेत्रमा घेराबेरा गरेर फोहोरको ब्यबस्थापन गर्ने प्रतिबद्धता गरे अनुसार शुक्रबार देखि काम सुरु गरिएको वडा नम्बर १२ का सदस्य लक्ष्मी चौधरीले बताए ।
नगरपालिकाले आज देखि काम सुरु गरेको उनले बताए ।आगामी बैशाख देखि डम्पिङ साइड फुलजोरमा निर्माण भएर बिसनपुरमा फोहोर फ्याक्न रोकिने उनले बताए । स्थानियको माग बमोजिम फोहोरको कारण गाउबस्तीमा दुर्गन्ध नफैलियोस भनेर फोहोर थुपारीएकोक्षेत्रमा घेराबेरा लगाउन सुरु गरिएको उनले बताए ।