कान्छो खवर । आइतबार, माघ ०९, २०७८
गाईघाट -९ माघ
ओखलढुङगाको असीनेमा आईतवार विहान गुडीरहेको वोलेरो गाडी माथी ढुङगा खस्दा ३ जनाको मृत्यु भएको छ । भने अन्य ३ जना घाईते भएकाछन् । ओखलढुङगाको सिद्धिचरण नगरपालिका –३ असीने मा विहान ९ वजे को १ज ३५६९ नम्बरको वोलेरो गाडी लाई १ सय मिटर माथी देखी झरेको ढुङगाले किचेको थियो । जिपमा सवार ६ जना मध्ये सिद्धिचरण नगरपालिका –१ तलुवाका १० वर्षिय यूसव कोइराला ,७ वर्षिया यूनिशा कोइराला र मानेभन्ज्याङ गाउपालिका–१ मोलीका ३० वर्षिय हेम मगरको उपचारको लागी लाने क्रममा वाटैमा मृत्यु भएको १नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरिक्षक नविनराज राईले बताए ।
वोलेरो चालक ओखलढुङगा मानेभन्ज्याङ – १ मोलिका ३० वर्षिय सन्दिप श्रेष्ठ, ४२ वर्षिय देव बहादुर श्रेष्ठ र सिद्धिचरण नगरपालिका १ तलुवाकी २८ वर्षिया लक्ष्मी कोइराला को मिसन अस्पताल ओखलढुङगामा उपचार भैरहेको प्रहरीले जनाएको छ । उक्त जीप मोती देखी ओखलढुङगा तर्पmआउदै गरेको थियो ।ओखलढुङगा–.निशजे सडक खण्डमा ग्राभेलको काम भैरहेकोमा स्काभेटरले सडक माथीको डाडा देखी ढुङगा निकालीरहेको वेला उक्त घटना भएको हो। सडक निर्माणको काम कान्छाराम कन्ट्रम्सन काठमाण्डैले गरीरहेको प्रहरीले जनाएको छ ।
घटना पछि स्काभेटरका चालक फरार रहेकोले खोजी भैरहेको र घटनाको छानविन भैरहेको एसपि राईले बताए ।