११ पुष २०८१, बिहिबार

कटारी नगरपालिकाको नगर सभा हुन सकेन

कान्छो खवर । सोमबार, आषाढ ११, २०८१

गाईघाट १० असार ।

उदयपुरको आठ स्थानिय तह मध्ये ७ वटा स्थानिय तहले मात्र सोमबार नीति, कार्यक्रम तथा बजेट पास गरेको छ। त्रियुगा , चौदन्डिगढि र ,बेलका नगरपालिका र ताप्लि ,रौतामाई , उदयपुरगढि र लिम्चुङबुङ गाउपालिकाले बजेट ल्याएको हो।

कटारी नगरपालिकाको मात्र बजेट आउन सकेन ।आइतबार र सोमबार बोलाएको कार्यपालिकाको बैठकमा गणपुरक संख्या नपुगे पछि सोमबारको नगर सभा हुन नसकेको हो । बजेट पारितको लागि कार्यपालिकाको बैठक बाट अनुमोदन हुनु पर्ने कानुनी प्राबधान रहेकोे छ।

कटारी नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत बिनोद भट्टराईले गणपुरक संख्या नपुगेर कार्यपालिकाको बैठक बस्न नसक्दा निर्धारित समयमा नगर सभा हुन नसकेको बताए । हामी आईतवार र सोमबार बिहान पनि कार्यपालिका बैठक बोलाएको थियौ , तर संख्या नपुगे पछी बैठक हुन सकेन ।उनले भने ।

उनले अहिले पनि नगर सभा गर्ने बिसयमा छ्लफल भैरहेको बताए ।बैठक किन बस्न सकेन भन्ने विषय आफुलाई कुनै जानकारी नभएको भट्टराईले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्