०७ पुष २०८१, आइतबार

मिस उदयपुरको तेश्रो संस्करण शुरु

कान्छो खवर । आइतबार, माघ ०९, २०७८

माघ ९ गाईघाट ।

उपेक्षा, दुर्व्यवहार, विभेद, हिंसा बिरुद्ध किशोर किशोरी सशक्तीकरणका लागि रुपान्तरण भन्ने मुल नाराका साथ विङ्स इन्टरटेन्मेटद्वारा आयोजित मिस उदयपुरको तेश्रो संस्करण उदयपुरमा शुरु भएको छ ।

कोरोनाको नयाँ भेरिएण्टका कारण कार्यक्रम प्रभावित भएतापनी सुरक्षा मापदण्ड अपनाउदै त्रियुगा नगरपालिका उपप्रमुख देविकुमारी चौधरिको प्रमुख आतिथ्यतामा संगम पुस्तकालय भवनमा आयोजित उदघाटन समारोहको आयोजना गरिएको थियो । कार्यक्रममा ४२ जनाबाट विभिन्न छनौट चरण पार गरि आएका विभिन्न पालिकाका १९ जना किशोरिहरु बन्द प्रशिक्षणका लागि छनौट भएका छन। ४२ जनाले अडिसन दिएको मध्य मेगा अडिसनका लागि २६ जना सहभागी भएतापनि अन्तिम १८ मा त्रियुगा नगरपालिकाबाट ७, चौदण्डिगढिबाट ८, बेलका बाट १, रौतामाई बाट ३ जना पर्न सफल भएका छन ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै अमुर्त एफएमका प्रवन्ध निर्देशक नवीन बाबुले सहभागीहरु लाई शुभकामना दिदै उदयपुरलाई सबैले आआफ्नो क्षेत्रबाट राष्ट्रिय स्तरमा चिनाउने प्रयत्न गर्नु पर्ने बताएका छन।
कार्यक्रमको बन्द प्रशिक्षणका अधिकान्श भाग अनलाईन हुने र कोरोनाको अवस्था सामान्य भएपछि मात्र फिनाले गर्ने आयोजक संस्थाका निर्देशक तथा कलाकार एम्जे मिथुनले जानकारी दिएकाछन।

जैन विश्व बिधालयको प्रस्तुतिमा वाईवाई डाईनामाईटको मुख्य प्रायोजन तथा गैडा सिमेन्ट, नेपाल आईस स्ट्रङ, मा देवि सर्जिकल सप्लायर्स र होटल एम्पायर ईन्नको सहप्रायोजनमा आयोजित कार्यक्रममा प्रथम मिस उदयपुर श्रद्धा भट्टराई, वाईवाई डाईनामाईटका बजार प्रतिनिधि विवश खतिवडा, विङ्स ईन्टरटेन्मेन्ट परिवार लगायतको उपस्थिती रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्