कान्छो खवर । शुक्रबार, माघ ०७, २०७८
माघ ७ काठमाडौँ____ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षारहिमपात भईरहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा र हिमपात भईरहेको छ ।
देशको थोरै स्थानहरुमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ। देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ ०७ गते (शुक्रबार )
दिउँसो : देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना छ।
राती : देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भूभागमा सामान्यतया सफा देखी आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
माघ ०८ गते (शनिबार)
दिउँसो : देशका पहाडी भूभागहरुमा सामान्य देखी पूर्ण बदली रही तराईका भूभागमा आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। छ।सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
माघ ०९ गते (आईतबार)
दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।पहाडी तथा तराई भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। छ।सुदुरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको छ भने बांकी पहाड तथा तराईका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।