०७ पुष २०८१, आइतबार

काङ्ग्रेस योद्धाको निधन

कान्छो खवर । मंगलबार, जेठ ०८, २०८१

बिरामी अबस्थामा मगर

गाईघाट ८ जेष्ठ ।

स्व कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा २००७ मा उदयपुरगढि कब्जा गर्न गएको टोलिका एक मात्र जिवित काङ्ग्रेस योद्धा अम्बर बहादुर आछामे मगरको निधन भएको छ।

बिगत ६ महिना देखि क्यान्सर रोग सङ जुधिरहेका मगरको सोमबार साझ ९३ बर्षको उमेरमा उदयपुरगढि गाउपालिका ४ नेपालटार स्थित साईला छोराको घरमा निधन भएको काङ्ग्रेस नेता बासु पोख्रेलले बताए ।साबिक डुम्रे गाबिस ५ आछामे पाखा निबासी मगर वृद्ध भएकै कारण ३/४ बर्ष देखि नेपालटारमा साईला छोरा संगै बस्दै आएका थिए ।

नेपाली काङ्ग्रेसको नेतृत्वमा २००७ मा राणा शासन विरुद्धको आन्दोलनमा नेता कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा उदयपुरगढिमा आक्रमण गरीएको थियोे । आक्रमणमा राणाको सबै हातहतियार कब्जा गर्नु साथै सैनिक र बडाहाकिमलाई बन्धक बनाइएको थियोे ।

भट्टराईको नेतृत्वको त्यस् बेलाको लडाकु टोलीको मगर मात्र जिवित थिए ।तर उनै मगरको हिजो साझ ६ बजे निधन भएको हो ।सामान्य किसान परीबारका मगरलाई पार्टीले सधै भरि उपेक्षित गरेको काङ्ग्रेसका पुराना नेता अर्जुन खड्काले बताए ।निकै दुख पाउदा समेत उनलाइ पार्टी बाट कुनै सहयोग गरिएन ।खड्काले भने ।

मृतक मगरको ४ छोरा २ छोरी छ्न ।

यहाँ कमेन्ट गर्नुहोस्