२३ माघ २०८१, बुधबार

सोलुखुम्बुमा एक बिदेशी महिलाको मृत्यु

कान्छो खवर । सोमबार, बैशाख १७, २०८१

सोलुखुम्बुमा एक बिदेशी महिलाको मृत्यु भएको छ।सोलुको खुम्बुपासाङल्हामु गाउपालिका ४ सनासा स्थित होमगिल सामुदायिक अस्पताल नाम्चेमा उपचारको क्रममा आइतबार दिउसो राहदानि नम्बर x२७४४६०० भएकी इन्डोनेशियन महिला ३६ बर्षिया मरिसटारिटा सिनगाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सगरमाथा बेस क्याम्प जाने क्रममा सनिवार एक होटलमा बसेकी ऊनी आइतबार बिहान होटेल मै एक्कासि अचेल अबस्थामा फेला परेकी थिइन् ।ऊनी अचेत रहेको जानकारी पाउन साथ प्रहरी होटेल पुगेर उनलाई उपचारको लागि अस्पतालमा लगिएको थियोे , तर उनको उपचारको क्रममा मृत्यु भएको कोशि प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। घटनाको बारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

मृतक महिलाको शब अहिले अस्पताल मै पोष्टमार्टमको लागि राखिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्