०६ पुष २०८१, शनिबार

त्रियुगा नगरपालिका भित्र संचालित सामुदायिक बिद्यालयको लागि शुल्क निर्धारण

कान्छो खवर । बिहिबार, बैशाख १३, २०८१

गाईघाट १३ बैशाख ।

त्रियुगा नगरपालिकाले नगरमा संचालित सस्थागत बिद्यालयलाई वर्गीकरणको आधारमा शुल्क निर्धारण गरेको छ। शुल्क निर्धारण समितिको बैशाख ११ मा बसेको बैंककले वर्गीकरण गरिएको बिद्यालयलाई विद्यार्थी बाट तोकिएको शुल्क मात्र लिन पाउने ब्यबस्था गरेको छ।

शुल्क निर्धारण गरे पछी सबै बिद्यालयलाइ सोही बमोजिम शुल्क लिन नगरपालिकाले परिपत्र गरेको छ। बिद्यालयले यस अघि आफुखुशी विद्यार्थी बबाट शुल्क उठाउने गरेको थियोे ।शुल्कमा एकरुपता नभै मनपरि ढंगले आफुखुशी शुल्क उठाउने गरेको गुनासो आए पछि शिक्षा ऐनमा भएको ब्यबस्था अनुसार शुल्क निर्धारण गरिएको मेयर बसन्त बस्नेतले बताए ।

अब सामुदायिक बिद्यालयले सोही बमोजिम मात्र शुल्क लिन पाउछन् ।तोकिएको भन्दा बढी शुल्क लिएको पाईएमा लिने बिद्यालयलाई कार्बाहि गरिने उनले बताए । भर्ना शुल्क ,मासिक शुल्क , परिक्षा शुल्क र अन्य केहि तोकिएरै शुल्क लिन पाउने र बिध्यालय तहगत शुल्क निर्धारण गरिएको मेयर बस्नेतले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्