०७ पुष २०८१, आइतबार

आज देखि गाईघाटमा तेस्रो प्रदेश स्तरिय बृहत औद्योगिक महोत्सव तथा रैथाने खाना प्रदर्शनी सुरु

कान्छो खवर । बुधबार, बैशाख १२, २०८१

गाईघाट १२ बैशाख ।

तेस्रो प्रदेश स्तरीय बृहत औद्योगिक महोत्सव तथा रैथाने खाना प्रदर्शनी बुधबार गाईघाटमा सुरु भएको छ।मेहनत सृजना उत्पादन र बस्तु मेरै नेपाल , उधम गरौं , उधमि बनौं , स्वदेशी बस्तुको प्रयोग गरौं ।भन्ने नाराको साथ सुरु भएको सप्ताहब्यापि उक्त कार्यक्रमको कोसी प्रदेशका उद्योग , कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले उद्घाटन गरेका छ्न

मन्त्री खत्रीले सो अबसरमा कृषिजन्य बस्तु निर्यातलाई बिस्थापित गर्नको लागि सरकारले कृषिमा आधारित मझौला उद्योग स्थापनामा बढी जोड दिनु पर्ने बताएका छ्न ।अहिले अर्बौं रुपैयाको तरकारी बिदेश बाट आयात भैरहेको परिप्रेक्ष्यमा हामीले स्वदेश मै तरकारी उत्पादन लाई बढाब दिनु पर्ने उनले बताए ।

उनले अब बजेट बनाउदा कृषि क्षेत्रलाई बढी प्राथमिकता दिएर बजेट बनाउनु पर्ने बताए ।कोशी प्रदेश सरकारले कोदो मात्र नभई स्थानिय स्तरमा उत्पादन हुने सुन्तला , आप स्याउ जस्ता फलफूल बाट घरेलु मदिरा उत्पादन गरि ब्रान्डिङ गर्ने तयारी गरिरहेको बताए ।अब को २ बर्ष भित्र सबै प्रक्रिया पुरा भएर कार्यान्वयन हुने उनले बताए ।

उनले प्रदेश सरकारले धेरै काम गर्न अग्रसर देखाएको भए पनि संघ बाट अधिकार दिन कन्जुस्याइँ गरेकोले प्रदेश सरकारले चाहे जति काम गर्न नसकेको बताए ।

जिल्ला घरेलु तथा साना उधोग महासङ्घ उदयपुरको आयोजनामा भएको उक्त प्रदर्शनीमा कोशी प्रदेशका १४ जिल्ला बाट उत्पादित उधोग , शैक्षिक , बन , कृषि लगायत बस्तुहरु प्रदर्शनीमा राखिएको महासंघका अध्यक्ष मधुकर थापाले बताए ।
स्थानिय उत्पादनको प्रबर्द्धन र समृद्धिको लागि उधमशिलता भन्न् उदेश्य सहित एक साता सम्म चल्ने महोत्सवमा साना उद्योग बाट उत्पादित बस्तु , कृषि , बन जडिबुटी , पर्यटन , हस्तकला , बिज्ञान तथा प्रबिधि , सूचना सन्चार , साहित्य कला सस्कृति र रैथाने खानाको परिकारको इस्टल रहेको अध्यक्ष थापाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्