०२ माघ २०८१, बुधबार

अर्को कक्षा भर्ना हुदा विद्यार्थी सङ भर्ना शुल्क नलिन कटारी नगरपालिका द्वारा परिपत्र

कान्छो खवर । मंगलबार, बैशाख ११, २०८१

गाईघाट ११ बैशाख ।

कटारी नगरपालिकाले नगरभित्र संचालित निजि बिध्यालयहरुलाई कुनै कक्षामा भर्ना भैइसकेको विद्यार्थी सोही बिद्यालयमा अर्को कक्षामा भर्ना हुदा भर्ना शुल्क नलिन परिपत्र गरेको छ ।

नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ द्वारा जारी गरिएको परिपत्रमा शिक्षा नियमावलीको नियम १४५ ख अनुसार गठित समितिको परामर्शमा शुल्क निर्धारणको ब्यबस्था भएकोमा हालसम्म लिएको शुल्कको कक्षागत शीर्षक अनुसार ७ दिन भित्र विवरण पेश गर्न भनिएको छ। त्यसै गरि शिक्षा ऐन २०२८ को दफा १६ ञ १ मा सस्थागत बिध्यालयले विद्यार्थी भर्ना भएका कुल विद्यार्थी संख्याको दश प्रतिशत नघट्ने गरि तोकिए बमोजिम बिपन्न अपांग महिला दलित वा जनजाति विद्यार्थीलाई निशुल्क छात्रवृत्ति उपलब्ध गराउनु पर्नेछ भन्ने ब्यबस्था भएको साथै कटारी नगरपालिका शिक्षा कार्यबिधि २०७७ को दफा ३४ मा ब्यबस्था भए बमोजिमको छनौट समितिबाट अनुमोदन गराइ अनिवार्य लागू गर्न भनिएको छ ।

जारी परिपत्रमा सस्थागत बिध्यालय मापदण्ड तथा संचालन निर्देशिका २०६९ को दफा ४.४ मा ब्यबस्था भए अनुसार बिध्यालयमा लगाइने पाठ्यपुस्तकको बुदा ४.४.१ देखि ४.४११ सम्म अनिवार्य लागू गर्न र ७ दिन भित्र पाठ्यपुस्तकको नामबलि पेश गर्न भनिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्