०२ माघ २०८१, बुधबार

साउदीलाई हराउँदै नेपाल सेमिफाइनलमा

कान्छो खवर । बुधबार, बैशाख ०५, २०८१

फोटो : नागरिक बाट साभार

गाईघाट ५ बैशाख ।

एसीसी प्रिमियर कप टी-२० क्रिकेट अन्तरगत बुधबार भएको खेलमा नेपालले साउदी अरबलाई ६ बिकेटले हराएको छ। नेपालले ४ बल बाकी छ्दै जित निकालेको हो । नेपाल यो जित संगै सेमिफाइनल प्रवेश गरेको छ ।

बर्षाको कारण ८ ओभरमा समेटिएको खेलमा टस हारेर ब्याटिङ गरेको साउदीले ८ ओभरको समाप्तिमा ७ बिकेट गुमाएर ७३ रन बनाएको थियोे ।मस्कट स्थित अल अमरात मैदानमा भएको आजको खेलमा नेपालका करण केसीले २ ओभरमा २१ र अभिनाश बोहराले २ ओभरमा १५ रन खर्चेर्ब२-२ बिकेट लिए ।ललित राजबंशीले २ ओभरमा २१ र प्रतिश जिशीले १ ओभरमा १० रन खर्चिएर १ बिकेट लिए ।

गुलशन झाले अबीजित ३२ रन बनाएपछि नेपालले ४ बल अगाडि नै ७५ रन बनायो । उनले १९ बल खेली समान २ चौका र १ छ्क्का प्रहार गरे।कप्तान रोहित पौडेलले ७ बलमा १-१ चौका र छ्क्क हान्दै १६ रनमा अबिजित रहे ।कुशल भुर्तेल् शुन्य , आसिफ शेख र कुशल मल्ल २-२ तथा दिपेन्द्रसिह एरी ९ बल खेली ३ चौका हानि १७ रनमा आउट भए ।

नेपाल अहिलेसम्मका ४ वटै खेलमा अपराजित रह्यो ।नेपालले यस अघि मलेसिया , कतार र हङकङलाई पराजित गरेको थियो ।समुह ” ए” को बिजेता भएर नेपाल पहिले नै सेमिफाइनल पुगिसकेको थियोे ।

यहाँ कमेन्ट गर्नुहोस्