कान्छो खवर । आइतबार, माघ ०२, २०७८
गाईघाट २ माघ ।
हत्या अभियोगमा १७ बर्ष पछि पक्राउ परेका एक अभियूक्त लाई शुक्रबार जिल्ला अदालत उदयपुर बाट १० दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान शुरु गरेको छ । उदयपुरको साविक ववला गाउपालिका वडा न.७ हाल बेलका नगरपालिका-६ कातिकेका मान बहादुर तामाङगको हत्या अभियोगमा रेड कर्नर नोटिस जारी पछि साउदी अरव बाट मंगलबार पक्राउ गरी नेपाल ल्याईएका गोविन्द मगर लाई विहीवार घटनाको अनुसन्धानमा उदयपुर ल्याईएको जिल्ला प्रहरी कार्यलय उदयपुरका डिएसपि सूचना अधिकारी वेद प्रसाद गौतमले बताए ।
घटना लगतै फरार रहेका मगर विरुद्ध जिल्ला प्रहरी कार्यलय उदयपुर ले प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा रेड कर्नर नोटिस जारी गर्नको लागी पत्रचार गरे पछि २०७७ साल माघ २७ गते मगरको नाममा रेड कर्नर नोटिस जारी भएको थियो । नोटिस जारी भएको ११ महिना पछि उनी पक्राउ परेका छन् ।
घट्ना यसरी भएको रहेछ
मृतक मान वहादुर की १६ वर्षिया छोरी लाई सोही ठाउका जयवीर राई ले विभिन्न प्रलोभनमा पारी फकाएर भगाउने तयारी गरीरहेको जानकारी पछि उनले अर्कै केटा खोजेर छोरीको विवाह गर्ने तयारी मा लागीरहेको वेला जयवीर र अभियूक्त गोविन्द २०६१ मंसीर १३ गते केटीको घरमा आएर मृतक सँग विवाद गरेको प्रहरीले जनाएको छ।
दुवै पक्ष विचमा विवाद भैरहदा वेलुकी ८ वजे गोविन्दले लुकाएर ल्याएको खुकुरीले एक्कासी मृतक मान बहादुर को टाउकोमा प्रहार गर्दा उनी गम्भीर घाईते भएका थिए । गम्भीर घाईते मान बहादुरको धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा घट्नाको चार दिन पछि मृत्यु भएको प्रहरीले जनाएको छ । घट्ना लगतै फरार रहेका गोविन्द लाई खोजतलास गर्ने क्रममा उनी वैदेसीक रोजगारीमा साउदी अरवमा रहेको खुलेपछि उनीविरुद्ध रेड कर्नर नोटिस जारी गर्नु परेको डिएसपि गौतमले बताए ।