कान्छो खवर । बिहिबार, चैत्र २२, २०८०
गाईघाट २२ चैत ।
पहेँलो धातु सुनको मुल्य निरन्तर उकालो लागेको छ। आज बिहीबार प्रति तोलामा १ हजार मुल्य बढेर १ लाख ३४ हजारमा कारोबार भएको नेपाल सुनचादि व्यावसायि महासङ्गले जनाएको छ।बुधबार प्रति तोला १ लाख ३३ हजारमा कारोबार भएको थियोे ।
त्यसैगरि तेजाबी सुनको मुल्य १ हजार बढेको छ।हिजो १ लाख ३२ हजार ३ सय ५० रुपैया रहेकोमा आज बढेर १ लाख ३३ हजार ३ सय ५० रुपैया भएको छ ।चादिमा भने मुल्य सामान्य बढेको छ। ४० रुपैया प्रति तोलामा बढेर बिहीबार १ हजार ६ सय ५० रुपैयाना कारोबार भएको छ।हिजो प्रति तोला १ हजार ६ सय १० रुपैयामा चादिको कारोबार भएको थियोे ।
अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेकोले अहिले पहेँलो धातु सुनको मुल्य निरन्तर बढीरहेको हो ।
यहाँ कमेन्ट गर्नुहोस्