कान्छो खवर । शुक्रबार, चैत्र १६, २०८०
गाईघाट १६ चैत ।
नेपाल घरेलु तथा साना उद्योग महासघको आयोजनामा आगामी बैशाख १२ गते देखि १८ गते सम्म साताब्यापि प्रदेश स्तरीय तेस्रो बृहत औद्योगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने भएको छ ।
स्थानिय औद्योगिक उत्पादन र रैथाने खानालाई मुख्य आकर्षण बनाएर यसको बजारीकरण तथा प्रचारप्रसारमा ध्यान पुराउदै गाईघाट बजारको नया बसपार्कमा महोत्सवको आयोजना गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।संघका अध्यक्ष मधुकर थापाले जिल्लामा औद्योगिक क्षेत्रको समस्याहरुलाई समाधानका लागि प्रदर्शनीको महत्त्वपूर्ण भुमिका रहेको बताए ।
जिल्लामा कृषि , जडिबुटी , पशुपन्छि , स्थानिय कच्चापदार्थ , खनिजजन्य र पर्यटनको प्रचुर सम्भावना रहेकोे हुदा यसलाई चलाएमान बनाउनको लागि पनि मेला महोत्सवको भुमिका अहम् रहने थापाले बताए ।
महोत्सवमा कोशी प्रदेशको सबै जिल्लाको औद्योगिक उत्पादनको प्रदर्शन र रैथाने खाना तथा उत्पादित बस्तुको प्रदर्शनी गरिने छ ।महोत्सवमा झन्डै १ सय स्टल राखिने छ ।महोत्सवमा प्रवेश निसुल्क र निसुल्क स्टल राख्न दिने थापाले जानकारी गराए ।