कान्छो खवर । आइतबार, चैत्र ११, २०८०
गाईघाट ११ चैत ।
कटारी बजार नजिकैको कासघारीमा आइतबार बिहान सडेगलेको अबस्थामा एक पुरुषको शब फेला परेको छ ।कटारी नगरपालिका ५ बजार नजीकको छाउरी नदिको पुल नजीकको कासघारी भित्र पुरुषको शब फेला परेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
शबको सनाखत हुन सकेको छैन ।मृतकले लगाएको लुगाफाटो समेत च्यात्तिएर घुजाघुजा परेको अबस्थामा पाइएको छ । मृतकको हत्या भएको आसन्का गरिएको छ ।शबको पोस्टमार्टम पछी मात्रा बिस्तृत जानकारी आउने प्रहरीले जनाएको छ ।शबलाई पोस्टमार्टमको लागि कटारी अस्पतालमा राखिएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्