कान्छो खवर । बिहिबार, फाल्गुण २४, २०८०
गाईघाट २४ फागुन ।
बाढीले क्षेतिग्रस्त चौदन्डिगढि नगरपालिका ५ सिबाई स्थित त्रियुगा नदिको पूल निर्माणकार्य अघि नबढे पछी अस्थाई संरचना निर्माण गरेर आबतजाबत गराउने नगरपालिकाले तयारी थालेको छ।
निर्माणकार्य सकेर उद्घाटन गर्ने तयारी गरिरहेको बेला २०७८ सालको असारमा आएको बाढीले पुलको फाउन्डेसन पिलर बगाउँदा ५ वटा स्पान भाचिदा २ बर्ष देखि पुल निर्माणको काम अघि बड्न सकेको छैन ।
पुल निर्माण हुन नसक्दा अहिले स्थानियहरुलाई आबत जाबतमा समस्या हुने गरेको छ ।अब हामीले हाम्रो क्षमताले भ्याए जति खर्च गरेर अस्थाई संरचना निर्माण गरेर बर्षामा आबत जाबत खुलाउने गरि काम सुरु गर्ने तयारी गरेका छौ ।मेयर कालु लामाले भने ।
उनले यस्को लागि सर्बदलिय , सर्बपक्षिय र स्थानियबासि बाट सहमति जुटाइ सकेको बताए । अब बजेटको ब्यबस्थापन गरेर काम सुरु गर्छौ ।लामाले भने । यो सालको बर्षामा पुल नभए पनि आबत जाबतमा कुनै समस्या हुन नदिने उनलेे बताए ।
उनले पुल नहुदा नगरको वडा न. ५ सिबाई बेल्हि , वडा . ९ र १० हडिया र त्रियुगाको जोगिदहका स्थानिय बासिन्दाले बर्षामा समस्या भोग्दै आउनु परेको छ ।
२०६६ सालमा निर्माण सुरु भएको उक्त पुल निर्माण कम्पनीको हेल्चेक्राइको कारण निर्धारीत समय भन्दा धेरै ढिलो काम सप्पन्न भएको थियोे ।महालक्ष्मी – लोकप्रिय निर्माण जेभि काठमाडौले निर्माण गरेको उक्त पुलको लम्बाइ ३ सय ७ मिटर र चौडाइ ५ मिटर रहेकोे छ ।
पुल हेर्ने जिम्मा पाएको गाईघाट – दिक्तेल सडक आयोजनाका प्रमुख सन्जिब कुमार मिश्रले बजेट अभावमा पुलको काम अघि बढन नसकेको बताए ।हामीले मन्त्रालयमा पटक पटक बजेट माग गरेका छौ तर अहिले सम्म बजेट आउन सकेको छैन ।उनले भने ।बजेट नभएको कारण निर्माण ब्यबसाहिले काम सुरु नगरेको उनले बताए ।