कान्छो खवर । मंगलबार, फाल्गुण १५, २०८०
गाईघाट १५ फागुन ।
कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गणतन्त्र दिबसको अबसरमा जंगली जनाबर बाट मानव क्षेति रोक्न सरकारले निति बनाएर अघि बढन लागेको बताएका छ्न ।
उदयपुरको बेलसोतमा मंगलबार आयोजित सप्ताहब्यापि हात्तिमैत्री पदयात्राको समापन कार्यक्रममा बोल्दै कार्कीले कोसी प्रदेसको सबै रास्ट्रिय र सामुदायिक बनमा जनाबरमैत्री बोटबिरुवा रोपेर अभियान सुरु गर्न लागिएको बताए ।
मानवीय कारण अहिले बनजंगल बिनास भएर जंगली जनाबरको अस्तित्व सङ्कटमा परेको छ , त्यसैले अब जङ्गल र जनाबरलाइ
हामीले बचाउनु परेको छ ।उनले भने ।
मुख्यमन्त्री कार्कीले हात्ती करिडोर बनाएर हात्तीबाट आम्दानीलिनुपर्ने बताए ।हात्ती हाम्रो दुश्मन होइन हात्तीलाइ बचाउनु पर्छ भनेर हामीले , हात्तीले मारेको मान्छेको घरघरमा पुगेर क्षेति गरेको बालिनालि हेरेर निर्णय गर्नु पर्छ भनेर हात्ती पदयात्रा सुरु गरेको उनले बताए ।
हामीले सडक बनायौ , बिजुलि घरघरमा पुरायौ भौतिक पुर्बाधारमा जोड दियौं तर पनि जनतामा सन्तुष्टि देख्न सकेनौ ।उनले बताए। अब भौतिक पुर्बधार मात्र नभएर मानवीय बिकासमा जोड दिनु पर्ने उनले बताए ।
उनले मानवीय बिकास भयो भने भौतिक बिकास आफैहुने हुदा अब बढी जोड त्यसैमा दिने गरि सरकारले काम गर्नलागेको बताए ।
मुख्यकार्कीले पैसाको अभावमा पढ्न नपाएका जेहेन्दार विद्यार्थीको लागि सरकारले बजेटमै पैसा छुट्याइ दिएको बताए ।