कान्छो खवर । सोमबार, फाल्गुण १४, २०८०
फोटो : महेश्वर राई
गाईघाट १४ फागुन ।
खोटाङको साकेला गाउपालिकाले अत्याधिक भारबहानको सवारी साधन गाउ प्रवेशमा रोक लगाएकोछ । गाउपालिकामा निर्माण गरिएको बाटो , सडक मालबाहक गाडीले बिगारेर क्षेति पुग्न गए पछि गाउपालिकले गाउकार्यपालिकाको बैठक बाटै निर्णय गरेर सोमबार देखि येस्तो निर्णय गरेको हो ।
काठ बोक्न आउने १५ टन र २० टनका ६ चक्के र १० चक्के ट्रकले गाउमा अहिले बनेको बाटो घाटो पुर्णरुपमा बिगारेर गाउपालिकालाई आर्थिक क्षेति पुराएकोले येस्तो निर्णय गरिएको गाउपालिकाको अध्यक्ष रबिप्रकास राईले बताए ।
गाउपालिकाका सामुदायिक बनमा बाहिरी जिल्ला बाट उतिस र गुराँस जातका काठ लिन् ट्रक नियमित रूपमा आउने गरेको गाउपालिकाले जनाएको छ ।उक्त निर्णय पालना नगरी नियम उलंघन गरेको भेटिएमा २० हजार रुपैया सवारी साधनलाई जरिवाना गरिने अध्यक्ष राईले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्