कान्छो खवर । बुधबार, फाल्गुण ०९, २०८०
गाईघाट ९ फागुन ।
प्रहरीले जुवा मुद्दामा फरार ६ जना प्रतिवादीलाई १० बर्ष पछि पक्राउ गरेको छ । जिल्ला अदालत उदयपुरले जरिवाना तोकेका ऊनीहरु लामो समय देखि फरार थिए ।
२०७० चैत १६ गतेको फैसला अनुसार उनिहरुलाई ५० देखि २०० रुपैया सम्म जरिवाना गरिएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ३ मोतीगडाका बर्ष ५० का मान बहादुर ठकुरी , बर्ष ८१ का होम बहादुर ठकुरी ,बर्ष ५९का नेत्र बहादुर सिंह ठकुरी बर्ष ७५ का प्रेमबहादुर राउत , बर्ष ४५ का छबि बहादुर रासकोटि र बर्ष ४० का बद्री नारायण थापा रहेकाछ्न ।
घरमा जुवा खेलिरहेको बेला प्रहरी आउदै गरेको सुराक पाए पछि प्रतिवादीहरु फरार भएका थिए ।प्रहरीले उनिहरु विरुद्ध जुवा मुद्दा दायर गरेको थियो ।फैसला कार्यान्वयनको लागि बुधबार जिल्ला अदालत उदयपुरमा उनिहरु लाई बुझाइएको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले