कान्छो खवर । बुधबार, फाल्गुण ०२, २०८०
गाईघाट २ फागुन ।
कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले १० बर्ष मुनिका बालबालिकाहरुलाई निसुल्क स्वास्थ उपचार सेवा दिने तयारी भैरहेको बताएका छ्न ।
दोस्रो प्रदेश महोत्सवको मंगलबार गाईघाटमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले अब कोसीको सबै सरकारी अस्पताल बाट १० बर्ष मुनिका बालबालिकाले स्वास्थ उपचारमा पैसा तिर्नु नपर्ने गरि उपचार सेवा सुरु गर्न लागिएको बताए । मैले निसुल्क स्वास्थ उपचार सेवा सुरु गर्न बजेटको ब्यबस्था समेत गरेको छु ” उनले भने । उपचार सेवा संगै औषधि समेत निसुल्क उपलब्ध गराइने उनले बताए ।
सरकारले नया तरिकाले काम सुरु गर्न लागी परेको अबस्थामा भबिस्यको कर्णघारको रूपमा रहेको बालबालिकाको स्वास्थ अबस्थालाइ मध्य नजर गर्दै यस्तो सेवा सुरु गर्न लागि परेको उनले बताए ।
प्रदेश भरिकै सबै सरकारी अस्पताल बाट सेवा सुरु हुने र सरकारी अस्पताल बाट उपचार हुन नसके निजी अस्पताल बाट समेत सेवा प्रदान गरीने उनले बताए । निजि क्षेत्र बाट संचालित नोबेल , बिराट मेडिकल अस्पताल र दमक स्थित बालबालिका उपचार केन्द्रमा विशेषज्ञ सहितको स्वास सेवा उपलब्ध गराउन उनिहरु सङ सम्झौता गरि सकेको कार्कीले बताए ।