१३ पुष २०८१, शनिबार

बिधमान ऐन कानुन संशोधन गरेर पर्यटन क्षेत्रको बिकास गर्नु पर्ने : मन्त्री किराती

कान्छो खवर । शनिबार, माघ २७, २०८०

गाईघाट २७ माघ  ।

सस्कृत , पर्यटन , तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आर्थिक मेरुदण्डको रूपमा रहेको पर्यटन ब्यबशायलाइ  अझ फस्टाउने बाताबरण बनाउन  बिधमान ऐन कानुनलाई संशोधन गर्नु  पर्न बताएकाछ्न ।

उदयपुरको बेलका नगरपालिका ८ सोमबारे कोसीमा सनिवार संचालनमा आएको होटेल  कोशी प्यालेसको उद्घाटन गर्दै  मन्त्री किरातीले  बिधमान कानुनले गर्दा एउटा फायल सदर गर्न ब्याबसायिले २२ ठाउ धाउनुपर्ने बाध्यताले  गर्दा  पर्यटन क्षेत्रले गति लिन नसकेको  बताए  ।

उनले  बिदेश पलायन भएको दक्ष जनशक्तिलाई मुलुक फिर्ता ल्याउन सके मात्र मुलुकले समृद्धि हासिल गर्न सक्ने बताए  ।

उनले बायुसेवा निगम सङ अहिले ६ वटा बिमान रहेको र आफुले १४ वटा  बिमान पुराउने लक्ष्य लिएको  भएपनि कतै  बाट सहयोग नपाएको बताए  । कोसी प्रदेशको उप सभामुख सृजना दनुवारले उदयपुरको  पर्यटन क्षेत्रको बिकासमा  स्थानिय तह संगै  केन्द्र , प्रदेश सरकारले सहयोग  गर्नुपर्ने  बताइन् ।

झण्डै ३ करोडको लागतमा निमार्ण भएको कोसी प्यालेस होटेल अत्यधिक सुबिधा सम्पन्न रहेको होटेल सन्चालक सम्पत राईले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्