अरुण चौधरी सोमबार, कार्तिक ०८, २०७८
परराष्ट्रमंत्री डा. नारायण खड्काले सबै राजनीतिक दलहरुबीच सहमती नभए सम्म एमसिसि पास हुन नसक्ने बताएकाछन् ।
मूलुको विकासको लागि एमसिसि अति आवश्यक रहेपनि दलहरुबीच सहमती गरेर अघि बढ्नु पर्ने उनको धारणा रहेको थियो । गृह जिल्ला उदयपुर आईपुगेका उनले संचारकर्मीले सोमबार गाईघाटमा आयोजना गरेको भेटघाट कार्यक्रममा सत्ता गठबन्धन दलहरुबीच पनि अझै एससिसि पारीत गर्ने सम्बन्धमा साझा धारणा बन्न नसकेको बताए ।
‘ हामीहरुबीच पनि अहिले एमसिसि बारे धेरै छलफल र बहस हुन बाकी छ । त्यसैले साझ धारणा बनाएर सरकारले एमसिसि अगाडी बढाउने तयारी गरिरहेको उनले बताए ।
उनले सत्ता पक्ष र प्रतिपंक्ष नेकपा ( एमाले ) विच छलफल चलाएर सहमती हुन सके मात्र एमसिसि पास हुन सक्ने बताए ।
मंत्री खड्काले वर्तमान सरकारले तिन वटा विषय केन्द्रित भएर काम गरिरहेको बताए । सबै नागरीकलाई कोरोना विरुद्धको खोप लगाएर सुरक्षित गर्ने, डमाडोल बनेको आर्थिक नीति र कोरोनाले प्रभावित उद्योग कल कारखाना संचालनमा ल्याउन राहत प्याकेज ल्याउने तयारी र निर्माणधिन ठूला योजनालाई समयमा नै सम्पन्न गर्ने लक्ष्य लिएर सरकाले काम गरिरहेको उनले बताए ।
उनले तत्कालिन ओली सरकारले दुई पटक विघटन गरेको संसद पूरै अवधि सम्म रहने बताए ।